गर्मीका कारण जनजिवन प्रभावित

जेठ २७ । गर्मि वढ्दै गएपछि पश्चिम नवलपरासी सँगै तराईको जनजिवन प्रभावित वनेको छ ।  शैक्षिक सँघसस्थाहरु केहि समयका लागी वन्द भएका छन् । गर्मि वढे सँगै पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले जेठ १९ देखि २६ गते सम्म विदा गरेको छ । त्यस्तै वर्दघाट नगरपालिका, पाल्हीनन्दन गाँउपालिका र सरावल गाँउपालिकाले यहि जेठ २१ देखि २६ गते सम्म विदा गरेको छ भने प्रतापुर गाँउपालिकाले जेठ २१ देखि २३ गते सम्म विदा गरेको जनाएको छ । त्यस्तै गर्मि वढे सँगै दैनिक मजदुरी गरेर खानेहरुको पनि जनजीवन प्रभावित बनेको छ । पश्चिम नवपरासीमा दिउसोको समयमा ४२÷४३ डिग्री तापक्रम पुग्ने गरेको छ । यता गर्मि विदा सकिनै लाग्दा गर्मि झन बढदै गएको भन्दै अभिभावकहरु नानीवावुहरुलाई विद्यालय पठाउने कि नपाठाउने अन्योलमा परेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *